राज्यका तीनै अंगबिच कार्यगत एकता आवश्यक छ : सभामुख अर्याल

मंगलबार, १६ असार, २०८३
डिजिटल संस्करण

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबिच कार्यगत एकता तथा समान सोच आवश्यक रहेको बताएका छन्।

मंगलबार ६८औँ संसद् दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले राज्यका तीनै अंगको ‘गति र भावना’ एकै दिशामा अघि बढे मात्र जनअपेक्षाअनुसारको परिणाम हासिल गर्न सकिने बताए। उनले संविधानको अक्षरशः पालना र कानुनी राज्यको सिद्धान्तलाई कुनै पनि अवस्थामा कमजोर बनाउन नहुने स्पष्ट पारे।

उनले देश निर्माण, तीव्र आर्थिक विकास र जनजीविकासँग सम्बन्धित मुद्दामा प्रभावकारी परिणाम हासिल गर्न सरकार, संसद् र न्यायपालिकाबिच समन्वय अपरिहार्य रहेको उल्लेख गरे।

सभामुख अर्यालले वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किने वातावरण निर्माण गर्न सरकार, नागरिक समाज र सरोकारवालाले संयुक्त रूपमा काम गर्नुपर्ने धारणा राखे।

सुझावित समाचार