२०८ ग्राम ब्राउनसुगरसहित दुईजना पक्राउ

शुक्रबार, १२ असार, २०८३
डिजिटल संस्करण

सुनसरीबाट  २०८ ग्राम ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, लागुऔषध नियन्त्रण ब्युरो विराटनगर तथा इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा असार ११ गते बराहक्षेत्र नगरपालिका– ३ मा चेकजाँच गर्ने क्रममा ३८ वर्षीय विष्णु धामीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार धामीले शरीरमा लुकाइछिपाई राखेको प्लास्टिकका दुईवटा पोका भित्रबाट २०८ ग्राम ब्राउनसुगर बरामद भएको छ। साथै उनको साथबाट नगद एक लाख ८२ हजार पाँच सय रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा बराहक्षेत्र नगरपालिका– ३ का ३३ वर्षीय रुद्रबहादुर सुवेदीलाई समेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका दुवैजनाविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार