सरकारबारे रवि– बल मेरो खुट्टामा आएछ भने बालेनलाई नै पास गर्छु

आइतबार, ७ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू यो कार्यकालमा प्रधानमन्त्रीको दौडमा नरहेको प्रस्ट पारेका छन्।

चितवनमा आइतबारदेखि सुरु पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले वरिष्ठ नेता बालेन्द्र शाह पूरा कार्यकाल प्रधानमन्त्री रहने सन्देश दिएका हुन्।

‘सरकार सञ्चालन गर्नका निमित्त रास्वपाले चुनावअगाडि नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहका खुट्टामा बल पुर्याइसकेको छ। अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको,’ उनले भने, ‘झुक्किएर त्यो बल कहीँ आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो।’

सभापति लामिछानेले शाह र आफूबिच भएका सहमतिको इमान्दारीसाथ पालना गर्नेमा जोड दिए।

उनले भने, ‘हामीले नेपाली जनतालाई र इतिहासलाई साक्षी राखेर रास्वपामा जुन सहमति गरेका छौँ, त्यो सहमतिको एक–एक अक्षर इमानदारीसाथ पालना गर्ने प्रण गर्दछु।’

सुझावित समाचार