बैंकिङ कसुर मुद्दामा पनि दीपक भट्ट र सुुलभ अग्रवाललाई थुनामा राख्ने आदेश

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई बैंकिङ कसुर मुद्दामा पनि अदालतले थुनामा राख्ने आदेश दिएको छ। उच्च अदालत पाटनले शुक्रबार थुनामा राख्ने आदेश दिएको हो। 

उनीहरूलाई बुधबार विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा थुनामा राख्ने आदेश दिएको थियो। उनीहरू डिल्लीबजार कारागारमा छन्। 

उनीहरूविरुद्ध धितोपत्र र बिमासम्बन्धी कसुरमा पनि मुद्दा दायर भएको छ। जसमा सुनुवाइ हुन बाँकी छ। 

सुझावित समाचार