यातायात कार्यालय गुर्जुधाराबाट ६ बिचौलिया पक्राउ

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

जिल्ला प्रहरी परिसर काठमाडौंले यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट ६ जना बिचौलियालाई पक्राउ गरेको छ। गुर्जुधारास्थित यातायात कार्यालयको सेवा प्रवाहमा बाधा गरेको तथा सेवाग्राहीलाई अनावश्यक दुःख दिएको आरोपमा प्रहरीले मंगलबार ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका– ५ बस्ने २७ वर्षीय रन्जित महर्जन र ४९ वर्षीय केदार श्रेष्ठ, चन्द्रागिरि–१२ गुर्जुधारा बस्ने ३२ वर्षीय आशिष श्रेष्ठ, चन्द्रागिरि– ६ बस्ने २५ वर्षीय सविन तामाङ, गोकर्णेश्वर– ८ बस्ने २३ वर्षीय दोर्जे लामा र धादिङको सिद्धलेक गाउँपालिका– १ का २७ वर्षीय डाक्सन गुरुङ रहेका छन्।

सुझावित समाचार