सरकारको एआई योजनाबारे सांसदले भने– जंगलमा खोलेको पसलको सटरजस्तो नहोस्

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले बजेट वक्तव्यमा निकै चर्चा गरिएको एआई कम्प्युटिङ केन्द्र जंगलमा खोलेको किराना पसलको सटरजस्तो हुने भन्दै सन्देह व्यक्त गरेका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद शर्माले बजेट वक्तव्यमा एआई कम्प्युटिङ  केन्द्र स्थापनाको कुरा गरिए पनि बजेट विनियोजन भएको नभेटिएको बताएका हुन्।

सरकारले सस्तो र विश्वसनीय एआई बनाउनेमा शंका व्यक्त गर्दै उनले भने, ‘बजेट वक्तव्यमा निकै चर्चा गरिएको स्युचाटारमा सार्वभौम एआई कम्प्युटिङ केन्द्र स्थापना गर्ने बजेट विनियोजनको कुन शीर्षकमा छ, पत्ता लगाउन सकिएन। यद्यपि, यो गुगल, च्याटजिपिटीभन्दा सस्तो र विश्वसनीय बनाएर सञ्चालन गर्न सामान्य चुनौती छैन। यो जंगलमा खोलेको किराना पसलको सटरजस्तो नहोस्।’

सजिलै र सधैँ चल्ने बाटो, गुणस्तरीय सेवासहितको शिक्षा र स्वास्थ्य अहिलेको आवश्यकता रहेको औँल्याउँदै शर्माले भने, ‘गरिबी हटाउने गरी कृषि, जलविद्युत्र, जडीबुटी पर्यटनमा लगानी आवश्यक छ।’

सुझावित समाचार