अवैध उत्खननमा संलग्न एक्स्काभेटरसहित एघार टिपर नियन्त्रणमा

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

सिराहा प्रहरीले अवैध उत्खनन गरी गिट्टी, बालुवा, माटो ओसार्न प्रयोग गरिएका एक्स्काभेटरसहित ११ थान टिपर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सिराहाको गोलबजार नगरपालिका– ३ स्थित गागनखोलामा अवैध उत्खनन गरिरहेको सूचनाको आधारमा सोमबार दिउँसो इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले आठवटा टिपर नियन्त्रणमा लिएको हो ।

प्रहरी टोलीले ना.४ ख ८३७३, ना.८ ख १५१९, ना.४ ख ३८११, ना.६ ख ६९८८, म.प्र.०१–००१ क ०५१४, बा. प्र. ०३–००१ क ०३३८, प्र.२–०१–००१ क ०१९०, म.प्र.०३–००१ क ३८९३ नम्बरको टिपर नियन्त्रणमा लिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । 

त्यस्तै, प्रहरीले सिराहा नगरपालिका– १३, गम्हरियानजिक पर्ने कमला नदीमा अवैध रूपले बालुवा उत्खनन गरिरहेको अवस्थामा प्र.२–०१–००१ ख ०२०३, लु. २ ख १८७७ र ना.१ ख ३५८१ नम्बरको टिपर नियन्त्रणमा लिइएको उनले बताए।नियन्त्रणमा लिइएका एक्स्काभेटरसहितका टिपरहरू आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति सिराहालाई बुझाइएको प्रहरीले जनाएको छ ।  

सुझावित समाचार