कारमा लागुऔषध तस्करी, गोली चलाएर ललितपुरबाट कारोबारी पक्राउ

शनिबार, ३० जेठ, २०८३
डिजिटल संस्करण

कारमा लुकाएर लागुऔषध तस्करी गर्ने तीनजना पक्राउ परेका छन्। पक्राउका क्रममा प्रहरीले गोली चलाएको छ। 

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले शनिबार ललितपुर २३ बाट तीनजनालाई ट्रामाडोल लागुऔषधसहित पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा बारा सिम्रौनगौढका जितेन्द्र पासवान र भारतीय नागरिकद्वय अहमद लड्न र महमद सद्दाम छन्। उनीहरूबाट ३० हजार थान ट्रामाडोलको क्याप्सुल बरामद भएको छ।
उनीहरू सवार बिएडी ९२०१ नम्बरको कार र बा ५२ प ४५६७ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउका क्रममा उनीहरू सवार कारको टायरमा एक राउन्ड गोली चलाइएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीले बताए। बाराबाट उनीहरू लागुऔषध लिएर आएको सूचनाका आधारमा ब्युरोको टोलीले पछ्याएर उनीहरूलाई पक्राउ गरेको हो। 
 

सुझावित समाचार