काभ्रेमा यात्रुबस दुर्घटनामा आठजनाको मृत्यु

शुक्रबार, २९ जेठ, २०८३
डिजिटल संस्करण

काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट रोशी– ६, सुँगुरेतर्फ जाँदै गरेको यात्रुबस दुर्घटनामा आठजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पूर्वअरनिको यातायात प्रालिको  बा.३ख ८३९८ बस नमोबुद्ध– २ सेल्फीडाँडास्थित बिपी राजमार्गबाट तल खसेको थियो । 

घटनाबारे पूर्ण विवरण आउन बाँकी छ । दुर्घटनामा घाइतेहरूलाई धुलिखेल अस्पतालमा उपचारका लागि ल्याउने क्रम जारी छ । 

सुझावित समाचार