राष्ट्रिय स्वतन्त्र पार्टी मुगुको सभापतिमा मल्ल विजयी

बुधबार, २७ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुको पहिलो जिल्ला अधिवेशनबाट बिर्खबहादुर मल्ल जिल्ला सभापतिमा विजयी भएका छन् । कुल खसेको सदर मतमध्ये ४३ मत प्राप्त गरी उनी विजयी भए भने अर्का प्रत्याशी मनोज शाहीले ६ मत प्राप्त गरे।

यसैगरी, उपसभापतिमा राजेन्द्र शाहीले ३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी विजयकुमार मल्लले १३ मत प्राप्त गरे । सचिवमा रामु विक २५ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी नन्दबहादुर मल्लले २१ मत प्राप्त गरे । यसैगरी सहसचिव पदमा भने समाज हमाल निर्विरोध निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा पछि मनोनीत गरिने राष्ट्रिय स्वतन्त्र पार्टी मुगुले जनाएको छ । सदस्य पदमा जयधर्म जैसी ३९ मत, गोर्खबहादुर कुमाईं ३० मत र लालचन्द्र रोकाया ३० मतसहित विजयी भएका छन् ।

आइतबार उद्घाटन भएको जिल्ला अधिवेशनमा सहसचिवबाहेक अरू पदमा सहमति जुट्न नसक्दा तीन दिनपछि मंगलबार राति निर्वाचनमार्फत पदाधिकारी चुनिएका छन् ।

See More On

सुझावित समाचार