कर हेरफेर प्रकरणमा अर्थमन्त्रीलाई प्रवक्ताकाे समर्थन

प्रवक्ता पोखरेलले अर्थमन्त्रीमाथि उठेका प्रश्नहरूबारे प्रत्यक्ष जवाफ दिएनन्

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

संसदमा दर्ता भइसकेको आर्थिक विधेयकमा करसम्बन्धी व्यवस्था परिवर्तन गरिएको आरोपले राजनीतिक वृत्तमा बहस तीव्र भइरहेका वेला सरकारले अर्थमन्त्री स्वर्णिम वाग्लेको खुलेर बचाउ गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अर्थमन्त्रीमाथि उठेका प्रश्नहरूबारे प्रत्यक्ष जवाफ दिनुभन्दा बजेटको प्रशंसा गरे । उनले अर्थमन्त्रीले धेरै मिहिनेत गरेर राम्रो बजेट ल्याएको भन्दै सरकारको पूर्ण समर्थन रहेको बताए।

यद्यपि, पछिल्ला दिनमा विवादको केन्द्र बजेटको गुणस्तरभन्दा पनि आर्थिक विधेयकमा भएको भनिएको फेरबदल बनेको छ। संसदमा पेस गरिएको विधेयक ४६४ पृष्ठको रहेको, तर पछि अर्थ मन्त्रालयको वेबसाइटमा प्रकाशित संस्करण ४४८ पृष्ठको भेटिएपछि १६ पृष्ठ हटाइएको आरोप लागेको हो।

सुझावित समाचार