तीन वर्षअघि नेपाल र भारतबिच भएको क्रसबोर्डर पेमेन्ट सम्झौता कार्यान्वयनमा जाने भएको छ। नेपाल र भारतका विदेशमन्त्रीबिच भएको भेटवार्तामा यससम्बन्धी सहमति भएको हो। नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशीमन्त्री एस. जयशंकरबिच भएको भेटमा भएका सहमति सार्वजनिक गरिएको छ।
नयाँदिल्लीस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिअनुसार क्रसबोर्डर पेमेन्टको कार्यान्वयन गर्नेलगायत तीनवटा संयुक्त घोषणा भएका छन्। ७२ वटा हेल्थ सेक्टर र १२ वटा कल्चर सेन्टर हस्तान्तरण गर्ने र काठमाडौं विश्वविद्यालय र भारतको डिजिटल इन्डिया भासिनी डिभिजनबिच सहकार्य गर्ने उल्लेख छ।
