कोशी प्रदेशका ६ पालिकामा नवप्रवर्तन कार्यक्रम हुने

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण

कोशी प्रदेश सरकारले नवप्रवर्तनका लागि प्रदेशका ६ वटा पालिकामा कार्यक्रम गर्ने भएको छ। शुक्रबार कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रप्रसाद पौडेल र ६ वटै स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा परियोजनाको सम्झौता भएको हो।

प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम नवप्रवर्तन साझेदारी परियोजनाअन्तर्गत प्रदेश सरकारले ६ करोड ४३ लाख ३५ हजार रुपैयाँबराबरको नवप्रवर्तन कार्यक्रम इलामको रोङ गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, मोरङको सुन्दरहरैँचा नगरपालिका, खोटाङको खोटेहाङ गाउँपालिका र ओखलढुंगाको लिखु पिके गाउँपालिकामा सञ्चालन हुनेछ।

सुझावित समाचार