देशभरका कारागारभित्र सरदर महिनामा पाँचजनाको मृत्यु

केही मृत्यु भने विवादित बन्न पुग्छ, जसलाई गुपचुपमै राखिन्छ

बुधबार, २० जेठ, २०८३
डिजिटल संस्करण

मुलुकभरका कारागारभित्र महिनामा सरदर पाँचजनाको मृत्यु हुने गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ । देशभर रहेका ७४ कारागारमा अहिले २६ हजार ८४३ कैदीबन्दी छन् । कारागारभित्र मासिक नै सरदर पाँचजनाको मृत्यु हुन्छ । केही मृत्यु भने विवादित बन्न पुग्छ, जसलाई गुपचुपमै राखिन्छ । त्यसमध्ये केही मात्रै सतहमा आउँछन् ।

इन्सेकको तथ्यांकअनुसार कारागारभित्र पाँच वर्षमा २७५ कैदीबन्दीको ज्यान गएको छ । जसले वर्षमा सरदर ५५ को मृत्यु हुने गरेको देखाउँछ । कारागारभित्रको मृत्युमा पनि सीमान्तकृत समुदायबाट नै बढी पीडित रहेको इन्सेकको तथ्यांकले देखाउँछ ।

इन्सेकका सूचना अधिकारी गौतमले भने, ‘जेलभित्र पनि शंकास्पद मृत्यु हुने गरेका छन् । हाम्रो तथ्यांकअनुसार पाँच वर्षमा मुलुकभरका कारागारमा २७५ मृत्युका शंकास्पद घटना देखिएका छन् । यी घटनामा अधिकांश पीडित सीमान्तकृत समुदायबाटै रहेको देखिन्छ ।’
 

सुझावित समाचार