न्यायपालिकामा सुशासन र सुधारलाई प्राथमिकता दिने प्रधानन्यायाधीश शर्माको प्रतिबद्धता

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय क्षेत्रमा सुशासन कायम गर्दै न्यायपालिकाको सुधारका लागि प्रतिबद्धतापूर्वक काम गर्ने बताएका छन्।

आज संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पत्रकारहरूसँगको भेटमा उनले न्यायपालिकाप्रति आमनागरिकको विश्वास थप मजबुत बनाउन स्वच्छ, निष्पक्ष, छिटो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादनलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका हुन्।

प्रधानन्यायाधीश शर्माले आफ्नो कार्ययोजनामै न्यायिक सुशासन र सेवा प्रवाह सुधारका विषयहरू समेटिएको उल्लेख गर्दै जिम्मेवारी सम्हालेपछि त्यसलाई कार्यान्वयन गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे। उनले आकस्मिक रूपमा जिम्मेवारी प्राप्त भए पनि योजनाबद्ध रूपमा काम गर्ने बताए।

उनले न्यायपालिकामा आवश्यक सुधारका विभिन्न पक्षलाई समेटेर तयार गरिएको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना तथा कार्ययोजनालाई सुधारको मुख्य आधार बनाइने जानकारी दिए।

सुझावित समाचार