पाँचदिने भारत भ्रमणका क्रममा नयाँदिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवालेले विमानस्थलमा स्वागत गरेका छन्। भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणमा लामिछाने नेतृत्वको रास्वपा प्रतिनिधिमण्डल भारत भ्रमणमा गएको हो ।
प्रतिनिधिमण्डलमा रास्वपाका नेताद्वय विपिन आचार्य र दीपक बोहरासमेत सहभागी छन्।
