विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनुपर्ने तथा त्यसबारे माफी माग्नुपर्ने माग गर्दै विपक्षी सांसदहरूले बैठक अवरोध गरेका थिए।
विपक्षी दलहरूको निरन्तर विरोधपछि सभामुख डिपी अर्यालले बैठक सञ्चालन गर्न कठिन भएको भन्दै १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका छन्।