सरकारले पेस गरेको आर्थिक वर्ष ०८३/८४ को बजेटमाथि आजदेखि सदनमा छलफल हुने भएको छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभामा बजेटमाथि सोमबारदेखि छलफल हुन लागेको हो ।
बजेटमाथि छलफलका लागि प्रतिनिधिसभा १ बजे बस्दै छ ।जेठ १५ मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमान बजेट सदनमा पेस गरेका थिए ।