बृजको २१औँ शाखा पोखरामा

शनिबार, १६ जेठ, २०८३
डिजिटल संस्करण

शैक्षिक परामर्शदाता संस्था बृज इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सीले आफनो २१औँ शाखा पर्यटकीय नगरी पोखरामा स्थापना गरेसँगै सञ्चालनमा ल्याएको छ। पोखराको मुख्य बजारमध्येको एक न्युरोडमा स्थापना गरिएको शाखाको इक्यान नेपालका अध्यक्ष लक्ष्मण पौडेल र बृजका ब्रान्ड एम्बासडर नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य एवं पूर्वकप्तान सन्दीप लामिछाने संयुक्त रूपमा उद्घाटन गरेका थिए। 

बृजका प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले २०१५ मा स्थापना भएको संस्थाले पोखरामा आफ्नो २१औँ शाखा स्थापनासँगै सञ्चालनमा ल्याउँदा खुसी लागेको बताउँदै बृजले प्रदान गर्ने सेवा लिन पोखरासँगै यसआसपासबाट सेवाग्राहीहरू अब काठमाडाैं जानुनपर्ने बताएका थिए। विद्यार्थीहरूलाई भिसा लगाउने मात्र नभई आफ्नो सेवालाई प्राथमिकतामा राखी सबै डेस्टिनेसनमा पुगी आफ्टर भिसा सर्भिससमेत संस्थाले प्रदान गर्दै आइरहेको उनले जानकारी दिएका थिए।

उद्घाटनपछि इक्यानका अध्यक्ष पौडेलले अध्य्यनका लागि विभिन्न देशहरूमा जाने र त्यसका लागि बृज रोज्नेहरूका लागि अब पोखराबाटै सेवा पाउने अवस्था बनेको भन्दै यसले विद्यार्थीहरूलाई सहयोग पुगेको बताए। ब्रान्ड एम्बासडर लामिछानेले विद्यार्थीको भविष्यलाई सुनिश्चित बनाउने काममा लाग्न बृजलाई आग्रह गर्दै आफूहरूले देशलाई काँधमा बोकेर हिँड्ने गरेको भन्दै विद्यार्थी र शैक्षिक परामर्श दाताहरूले देशलाई साथमा लिएर हिँड्न अनुरोध गरेका थिए ।

ग्लोबल विजनेसका डाइरेक्टर एन्ड्रिउ हप्किन्सले बृज वैदेशिक अध्ययनमा जाने विद्यार्थीका लागि परिवारजस्तै बनेको बताउँदै यसले दिने सेवा सरल र सहज रहेको बताएका थिए। वृजका अध्यक्ष महेश गिरीले गण्डकी प्रदेशका विद्यार्थीहरूलाई केन्द्रमा राख्दै उनीहरूले सहज सेवा सुविधासँगै परामर्श पाउन भन्ने उद्देश्यसहित पोखरामा शाखा सञ्चालनमा ल्याएको बताए।

See More On

सुझावित समाचार