सरकारले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रका लागि दुई खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी आार्थिक वर्ष २०८३/८४को बजेटमार्फत यस्तो घोषणा गरेका हुन्।
‘शिक्षामा आगामी आर्थिक वर्षमा सामुदायिक विद्यालयको पूर्वाधार म्यापिङ गर्न एक अर्ब छुट्याइएको छ। गेटामा चिकित्सा शिक्षाका चार विद्याको पठनपाठन सञ्चालन गरिने छ,’ अर्थमन्त्रीले भने।
यसैगरी विद्यालय तहको छात्रवृत्तिको लागि आठ अर्ब ६० करोड विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्षमा गुठी रिसर्च प्रतिष्ठान सञ्चालन गर्ने तथा विदेशमा रहेका नेपालीलाई खुला विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पनि प्रदान गरिने अर्थमन्त्री डा. वाग्लेले बताए।