बुढीगण्डकी जलविद्युत् अब प्राधिकरण मोडलमा बनाइने

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

१२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् परियोजना बनाउन शक्तिशाली अधिकारसम्पन्न प्राधिकरण स्थापना गरिने भएको छ ।

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

हाल राष्ट्रिय गौरवकाे उक्त परियोजना बनाउन सरकारले आफ्नै स्वामित्वमा कम्पनी स्थापना गरेको छ । अब त्यसलाई प्राधिकरण मोडलमा अघि बढाइने बजेटमा उल्लेख छ । 

गोरखाबाट प्रतिनिधित्व गर्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो परियोजना प्राधिकरण मोडलमा बनाउनुपर्ने माग राख्दै आएका थिए । नयाँ सरकारले उनको मागको सम्बोधन गरेको छ ।

सुझावित समाचार