करका दरमा व्यापक हेरफेर

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

सरकारले करका दरमा व्यापक हेरफेर गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष ०८३/८४ को बजेट पेस गर्दै करका दरमा व्यापक हेरफेर गरेको जानकारी दिएका छन्।

उनका अनुसार आयकर छुटको अधिकतम सीमालाई पाँच लाखबाट १० लाख पुर्याइएको छ । ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको मन्त्री वाग्लेले जानकारी दिए। 

बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरेको बताए। त्यस्तै ,११ तहको भन्सारदर सात तहमा सिमित गरिएको छ।  

यो बजेटले अर्थतन्त्रको स्वरुप बदल्ने अर्थमन्त्री डा.वाग्लेको भनाई छ। 

सुझावित समाचार