आयोगको सिफारिसबारे कांग्रेसले माग्यो सरकारको आधिकारिक धारणा

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसबारे सरकारको आधिकारिक धारणा माग गरेको छ।

गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई मानव अधिकार आयोगको प्रतिवेदनले समेत अपर्याप्त देखाएको उल्लेख गर्दै कांग्रेसले भनेको छ, ‘राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसबारे सरकारले आफ्नो जवाफदेहितालाई अंगीकार गर्दै आधिकारिक धारणा सार्वजनिक गर्नुपर्दछ।’

जेन–जी आन्दोलनसम्बन्धी आयोगकै अध्यक्षमाथि सूक्ष्म अनुसन्धान गर्न सिफारिस भएकाले सबै हिंसात्मक घटनाहरूमा आयोगले किटान गरेका सांसद, व्यक्ति वा निकायउपर कारबाहीको प्रक्रिया अघि बढाउन माग गरिएको छ।

‘भाद्र २३ र २४ गते राज्यको तर्फबाट भएको अत्यधिक बल प्रयोग र सबै हिंसात्मक घटनाहरूमा आयोगले किटान गरेका सांसद, व्यक्ति  वा निकायउपर विधिसम्मत कारबाहीको प्रक्रिया अघि बढाइयोस् र हिंसात्मक गतिविधिमा संलग्न जोसुकै र जुनसुकै ओहदाको भए पनि कानुनको दृष्टिमा पक्षपातपूर्ण व्यवहार नहोस्। यसमा सरकारी प्रभाव र राजनीतिक दबाबमुक्त गराइयोस्,’ विज्ञप्तिमा भनिएको छ।

आन्दोलनमा ज्यान गुमाएका तथा घाइतेका परिवारलाई न्याय, उचित राहत र पुनर्स्थापनाको प्रबन्ध गरी निजी क्षेत्रमा भएको क्षतिको उचित क्षतिपूर्ति दिन माग गरिएको छ।

सुझावित समाचार