राष्ट्रिय मानव अधिकार आयोगले शान्तिपूर्ण प्रदर्शनको अनुमति लिएर एम्बुलेन्ससहित प्राथमिक उपचारका लागि एम्बुलेन्सको व्यवस्था गरेको विषयमा सूक्ष्म अनुसन्धान गर्नुपर्ने औँल्याएको छ।
बुधबार जेन-जी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्दै आयोगले आन्दोलनमा स्वास्थ्य स्वयंसेवक, तीनवटा एम्बुलेन्स र प्राथमिक उपचारका लागि टेन्टको व्यवस्था गरेको पाइएको जनाएको छ।
‘शान्तिपूर्ण प्रदर्शन हो भने प्रदर्शन सुरु हुनुअगावै प्रदर्शनस्थलमा प्राथमिक उपचारका लागि टेन्ट, स्वास्थ्य स्वयंसेवकहरू, तीनवटा एम्बुलेन्सको व्यवस्था किन गर्नुपर्यो? जिल्ला प्रशासन कार्यालयबाट प्रदर्शनको अनुमति लिने निवेदकहरूले स्पष्ट ठोस जवाफ दिन सकेको पाइएन,’ प्रतिवेदनमा भनिएको छ।
शान्तिपूर्ण प्रदर्शन भनेर प्रदर्शनअगावै प्राथमिक उपचारको तयारी गरेको विषयमा सुरक्षा निकायले समेत सूक्ष्म विश्लेषण गरी तयारी गर्न नसकेको आयोगले जनाएको छ।