नेपाल र चीनबिच यसअघि सम्झौता भएअनुसार परियोजना तथा कार्यक्रम कार्यान्वयन सहजीकरणसम्बन्धी द्विपक्षीय संयन्त्रको बैठक बस्न लागेको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार १९ जेठमा बैठक बस्नेछ। यो संयन्त्र २८ जेठ ०७५ मा स्थापना भएको थियो। नेपालबाट परराष्ट्रसचिव अमृतबहादुर राई तथा चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले बैठकको नेतृत्व गर्नेछन्।
‘बैठकमा नेपालका तर्फबाट विभिन्न सम्बद्ध मन्त्रालय तथा निकायहरूको समेत सहभागिता हुनेछ। चीन सरकारको सहयोगमा सञ्चालित परियोजनाहरूको प्रगति समीक्षा गरी तिनको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा बैठकमा छलफल हुनेछ,’ प्रवक्ता क्षेत्रीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने।