कञ्चनपुरमा नागरिककै घरमा राहदानी सेवा

शुक्रबार, ८ जेठ, २०८३
डिजिटल संस्करण

सरकारले कञ्चनपुरमा नागरिक (सेवाग्राही)कै घरमा राहदानी सेवा सुरु गरेको छ। मेसिन रिडेबल पार्सपोर्ट (राहदानी) सेवा घरमै पुर्याउने सरकारको योजनाअनुरूप कञ्चनपुरमा नागरिक (सेवाग्राही)कै घरमा राहदानी सेवा सुरु गरिएको हो। 

जिल्ला हुलाक कार्यालयमार्फत नागरिककै घर–घरमा पुगेर सेवाग्राहीकै हातमा राहदानी वितरण सुरु गरिएको छ । कञ्चनपुर हुलाक कार्यालय प्रमुख सरोज पाण्डेयले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरसँगको सम्झौताअनुरूप जेठको पहिलो सातादेखि घरमै राहदानी पुर्याउने सेवा सुरु गरिएको बताए ।

उनले ६ जेठमा पहिलोपटक हुलाकलाई प्राप्त १४ राहदानीमध्ये १३ वितरण गरिएको बताए। उनका अनुसार शुक्लाफाँटा, बेलौरी कृष्णपुर नगरका एक–एक, दोधाराचाँदनी नगरका तीन, पुनर्वास नगरपालिकाका आठ घरमै पुगेर वितरण गर्दै सेवाग्राहीकै हातमा राहदानी हस्तान्तरण गरिएको बताए। गत विगतमा जिल्ला प्रशासन कार्यालयमै पुगेर राहदानी पाउँदै आएका सेवाग्राही यसरी घरमै राहदानी सेवा पाएपछि हर्षित भएका छन्।

कञ्चनपुर हुलाक कार्यालय प्रमुख सरोज पाण्डेयले सम्बन्धित सेवाग्राहीले राहदानीको फारम भर्ने क्रममा एकाघरका मञ्जुरी दिएका व्यक्तिलाई राहदानी वितरण गरिएको बताए । 
 

सुझावित समाचार