अमेरिकाद्वारा रुसी तेलको प्रतिबन्धमा दिइएको छुट थप एक महिनालाई थपियो

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण

संयुक्त राज्य अमेरिकाले समुद्रमा रहेका ट्यांकरमा रहेका रुसी तेल र पेट्रोलियम उत्पादन खरिद गर्ने देशहरूका लागि थप ३० दिनका लागि प्रतिबन्धमा छुट दिने घोषणा गरेको छ । सोमबार सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले यसको घोषणा गरे । अब जुन १७ सम्म रुसी तेल खरिद गर्ने देशमाथि अमेरिकी कारबाहीमा छुट हुनेछ ।

इरानमा अमेरिकी–इजरायली आक्रमणपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेपछि विश्वव्यापी ऊर्जा बजारलाई स्थिर बनाउन अमेरिकाले मार्चमा रुसी तेल र पेट्रोलियम उत्पादनमाथि लागेको प्रतिबन्धमा छुट दिएको थियो ।

अप्रिलमा, बेसेन्टले एसोसिएटेड प्रेस समाचार एजेन्सीसँग बोल्दै छुट लम्ब्याउने आफूहरूको कुनै योजना नभएको बताएका थिए । तर, अमेरिका र इरानबिच जारी वार्ताले कुनै निष्कर्ष नदिँदा विश्वको तेल तथा ग्यासको लगभग २० प्रतिशत ढुवानी हुने महत्वपूर्ण जलमार्ग, स्ट्रेट अफ हर्मुज अझै बन्द छ । 

सुझावित समाचार