सुकुमवासीलाई वैकल्पिक बसोबासका लागि सरकारले मासिक खर्च उपलब्ध गराउने

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण

सरकारले सुकुमवासीलाई वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न प्रोत्साहनस्वरूप खर्च उपलब्ध गराउने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि सुकुमवासीलाई बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

मन्त्री पोखरेलका अनुसार पाँच सदस्य भएको परिवारलाई मासिक १५ हजार र सोभन्दा बढी सदस्यका लागि प्रतिसदस्य थप रु दुई हजार तीन महिनासम्म उपलब्ध गराइने छ।

सुझावित समाचार