प्रस्तावित प्रधानन्यायाधीश शर्माकाे कार्ययाेजना : मुद्दाकाे सुनुवाइ लाइभ गर्ने

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण

प्रस्तावित प्रधानन्यायाधीश डा. मनाेज शर्माले अदालतमा हुने मुद्दाका सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने कार्ययोजना प्रस्तुत गरेका छन् ।

संसदीय सुनुवाइ समितिमा आफ्नाे कार्ययाेजना सुनाउँदै शर्माले अदालतमा हुने सुनुवाइलाई सूचना प्रविधिमार्फत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका हुन् ।

कार्ययोजनाअनुसार न्यायिक सेवा प्रवाहमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्न आवश्यक सफ्टवेयरसहितको डिजिटल पूर्वाधार स्थापनाका लागि स्रोत साधनको व्यवस्थापन गरिनेछ । सेवा प्रवाहलाई अझ बढी प्रभावकारी बनाउन सूचना प्रविधिको पूर्वाधारसहितको सूचना तथा सहायता कक्ष सञ्चालन गरिनेछ । 

सबै तहका अदालतहरूमा म्याद थप, बयान, बकपत्र र कानुन व्यवसायीको बहस भर्चुअल माध्यमबाट समेत गर्ने गरी व्यवस्था मिलाइने कार्ययोजनामा उल्लेख छ । अदालतमा हुने सुनुवाइलाई पारदर्शी बनाउन सूचना प्रविधिमार्फत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइनेछ । 

सुझावित समाचार