उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायधीश गोकर्ण डाँगीले अहिले मिडिया र पत्रकार भएन भने मुलुकमा शान्ति हुन नसक्ने बताएका छन्। क्रियाशील युवा पत्रकार मञ्चको दोस्रो साधारणसभामा बोल्दै उनले मुलुकमा विकास र शुद्धीकरणका लागि मिडिया र पत्रकार हुन आवश्यक रहेको उनले बताए।
जब-जब मुलुकमा संकट र परिवर्तन भएको छ, त्यो समयमा पंक्तिमा नागरिकको तर्फबाट पत्रकारहरू नै अगाडि आएको उनको भनाइ छ। मुलुककाे परिवर्तनमा पत्रकार र मिडियाको भूमिका ठुलो भएको भन्दै अहिलेका चुनौती र आउने अवसर सँगै अगाडि बढ्ने उनले बताए।संविधानमा व्यवस्था भएको मौलिक हकजस्तै पत्रकारहरूको पनि खबरदारी गर्ने अधिकार सुनिश्चित गरेकाले त्यसलाई आत्मसात गरेर अगाडि बढ्ने बताए।
देशमा भएको विभिन्न परिवर्तनसँगै मिडियामा पनि परिवर्तन भएको उनले बताए। उनले सामाजिक सञ्जालमा आएको कुरा समाचार हुन नसक्ने भएकाले यसलाई पहिचान गर्न आजको आवश्यकता रहेको बताए। कानुनको पालना गर्दे सञ्चार–माध्यमअगाडि बढ्न पत्रकारहरूलाई आग्रह गरे।राज्यको तर्फबाट जनता र सरकारलाई जागरुक बनाउने चौथो अंगलाई सम्मान गर्न सकिएन भने समस्या हुने बताए।