उमेश श्रेष्ठ कांग्रेसको कोषाध्यक्ष मनोनीत

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ पार्टीको केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा मनोनीत भएका छन्। सभापति गगनकुमार थापाले श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत गरेका कार्यवाहक मुख्यसचिव  कृष्णप्रसाद दुलालले जानकारी दिए।

सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (४) बमोजिम श्रेष्ठलाई मनोनीत गरेका हुन्।

श्रेष्ठ यसअघि शेरबहादुर देउवा सभापति हुँदा पनि पार्टीको कोषाध्यक्ष थिए।

सुझावित समाचार