मकैबारीमा भाले गैँडा मृत फेला

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

नवलपरासीमा एउटा भाले गैँडा मृत फेला परेको छ। (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–  १, लोकहा स्याउलीस्थित भीमबहादुर दर्जीको मकैबारीमा ३०–३५ वर्षको भाले गैँडा मृत फेला परेको हो।

गैँडा मकैबारीमा मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबरपछि प्रहरी, डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती र इलाका वन कार्यालय रजहरबाट समेत कर्मचारी पुगेका थिए।

उक्त गैँडाको शरीरमा चोटपटक कतै देखिएको छैन ।  घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सुझावित समाचार