सभामुख र विपक्षी दलबिच कुरा मिल्याे, अर्थमन्त्रीले नै प्रस्ताव राख्ने

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

नीति तथा कार्यक्रमकाे छलफलमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने विपक्षीकाे अडानले अवरुद्ध प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति भएकाे छ। 

सभामुख डाेलप्रसाद अर्याल र विपक्षी दलहरूबिच भएकाे छलफलमा बैठक सञ्चालन गर्ने सहमति बनेकाे सभामुखकी प्रमुख स्वकीय सचिव मुना कुँवरले बताइन् । 

अब नीति तथा कार्यक्रम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफल गरियाेस् भनेर प्रस्ताव गर्नेछन्।आज नीति तथा कार्यक्रममा छलफल हुनेछ। भाेलि जवाफ प्रधानमन्त्रीले दिने वा नदिने भाेलि नै तय गर्ने सहमति भएकाे छ।

सुझावित समाचार