रास्वपालाई ०६४ साल सम्झाउँदै प्रचण्डले भने– बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनताले दिएको बहुमतको सदुपयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुझाव दिएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले रास्वपा तत्कालीन माओवादीजस्तो नहोस् भन्ने आफूले चाहेको बताए।
आफ्नो उतारचढावपूर्ण राजनीतिक अनुभव सुनाउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूजस्तै ०६४ सालमा धेरै मत ल्याएर भाँडोमा न भुइँमा भएको पार्टीको नेता मै हो। तपाईंहरू पनि त्यस्तै हुनुहुन्छ कि भन्ने चिन्ता छ। त्यस्तो नभइदिए हुन्थ्यो भन्ने छ मलाई।’
बहुमतको अहंकार नगर्न सुझाव दिँदै उनले अगाडि भने, ‘यो विशाल बहुमतलाई जनताको विशाल जिम्मेवारीका रूपमा ह्यान्डल गर्नुपर्छ। यसलाई अहंकारको मलखाद बन्न दिनुहुँदैन।’
तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे। उनले भने, ‘इतिहास र अनुभवले के साबित गरेको छ भने संख्या भन्ने कहिले स्थायी हुँदैन। जनताको समर्थन पनि नि सर्त हुँदैन, ससर्त हुन्छ।’
अन्डरवर्ल्ड खडा गरी उच्चपदस्थलाई धम्क्याएको आरोपमा प्रदीप अधिकारीविरुद्ध मुद्दा दायर
भ्रष्टाचार मुद्दाबाट उन्मुक्ति पाउन अन्डरवर्ल्ड खडा गरी अख्तियार प्रमुखलगायतलाई धम्क्याएको आरोपमा नागरिक उड्यन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ। प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालत काठमाडौंमा पाँचवटा मुद्दा दायर गरेको हो।
कांग्रेसमा विवाद चर्कियो : विमलेन्द्र निधि समूह १५औँ महाधिवेशन तयारीमा सक्रिय
नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद फेरि उत्कर्षमा पुगेको छ । विवाद समाधानका लागि संस्थापन पक्ष तथा सभापति गगन थापाले विशेष महाधिवेशनमा सहभागी १९ जनालाई केन्द्रीय समितिमा समावेश गरे पनि इतर समूहले समानान्तर गतिविधि अघि बढाएको छ ।
विशेष महाधिवेशनको कडा विरोध गर्दै आएका कांग्रेस नेता विमलेन्द्र निधि ले आफ्नो समूह १५औँ महाधिवेशनको तयारीमा देशभर सक्रिय भइसकेको बताएका छन् । प्रदेशस्तरमा जिम्मेवारी बाँडफाँटको कामसमेत सुरु भएको उनले जानकारी दिए ।
निजी जग्गामा पूर्व सहमति नलिई जबर्जस्ती सडक निर्माण गरिएको घटनाको विरोध गर्दा बाँधेर दुर्व्यवहार गरिएको घटनामा संलग्न वडाध्यक्षसहित ६ जना विरुद्ध प्रहरीमा अभद्र व्यवहार सम्बन्धी जाहेरी दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पीडित पक्षले दिएको जाहेरी कानुन बमोजिम दर्ता गरी आवश्यक प्रकृया अगाडि बढाइएको छ । औरही गाउँपालिका ३ का वडाध्यक्ष जीवछ यादवसहित उनका छोरा मुकेश यादव, भाई रामबाबु यादव, सडक निर्माण उपभोक्त समितिका अध्यक्ष हेमा यादव, उनका बाबु विसुन यादव र भाई विजय यादव गरी छ जना विरुद्ध पीडित पक्षले दिएको जाहेरी मंगलबार दर्ता गरिएको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबशहादुर पालले जानकारी दिए ।
अर्घाखाँचीमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु, २७ जना घाइते
अर्घाखाँचीमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार पर्वतबाट अर्घाखाँची घुम्न आएका यात्रु सवार ध १ ख ५०४ नम्बरको बस मंगलबार दिउँसो घुम्ती–पाल्पा सडक खण्डको पाणिनि गाउँपालिका–८, कोल्डाँडानजिकै दुर्घटना भएको हो।
नयाँ सरकार नयाँ नियम, सीमावासी कामविहीन
नयाँ सरकार आएसँगै तातोपानी भन्सारले मितेरीपुलकाे यात्रुशाखामा नयाँ नियम लागू गरेको छ । उक्त नियमले सीमा क्षेत्रका स्थानीय कामविहीन भएका छन् ।धेरै पहिलेदेखि चीनकाे खासा र नेपालकाे तातोपानी सीमामा स्थानीयबिच राेटीबेटीकाे सम्बन्ध छ ।
नेपाली सीमावर्ती स्थानीय तातोपानी, लिस्ती, फुल्पिङकट्टी, मार्मिङ र बाह्रबिसेसम्मका स्थानीयले लिपिङपारि चिनियाँ क्षेत्रमा पुगेर विभिन्न घरायसी सामग्री ल्याउँछन् । उसैगरी खासा र न्यालमका स्थानीयले पनि नेपालबाट विभिन्न घरायसी सामान लान्छन् । सीमा क्षेत्रका स्थानीयकाे प्रमुख आयस्रोत भनेकै झाेलेपाेके व्यापार हाे । भाैगाेलिक कारण यहाँ खेतीपाती हुँदैन।
३५ वर्षदेखिको लालपुर्जालाई चुनावी राजनीतिको एटिएम बनाउने गतिविधि अन्त्य हुँदै छ : सांसद खनाल
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष खनालले भूमिहीन आफ्ना मतदातालाई केही समय धैर्य गर्न आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नवलपुरका सबै भूमिहीनलाई केही समय धैर्य गर्न आग्रह गर्दै उनले विगत ३५ वर्षदेखि लालपुर्जालाई केवल चुनावी राजनीतिको एटिएम बनाउने गतिविधि सधैँका लागि अन्त्य हुन लागेको बताए।
उनले यो सरकार सबैको साझा भएकाले सबैको समस्यालाई समाधान गर्न ध्यानाकर्षणसमेत गराए । भू–स्वामित्वजस्तो संवेदनशील मुद्दामा समेत सरकारको सूचना लिई आफनो राजनीतिक फाइदाकोा लागि उठीवासको त्रास फैलाइएको बताए ।
पाँच महिनामा सवा एक लाख विदेशी अध्यागमनको ट्रयाकिङमा
अध्यागमन विभागले पछिल्लो महिनामा एक लाख २५ हजार विदेशी नागरिकको अभिलेख संकलन गरेको छ।
हालसम्म होटेल, एजेन्सी, आन्तरिक विमान कम्पनी र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने एक हजार ५४३ वटा सेवा प्रदायक यस प्रणालीमा आबद्ध भएको विभागले जनाएको छ। जसमध्ये ९४ वटा होटेल मात्र यस प्रणालीमा आबद्ध भएका छन्। प्रणालीमार्फत करिब एक लाख २५ हजार यात्रुको अभिलेख संकलन भएको विभागका निर्देशक टीकाराम ढकालले बताए। उक्त प्रणाली सन् २०२६ जनवरी १ देखि काठमाडौंका तारे होटेलहरूमा र मार्च १ देखि विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सेवा प्रदायकहरूमा लागू भएको हो।
आइतबारे बिदाको सट्टा हिउँदे बिदा कट्टा, ४५ दिनबाट ३० दिनमा झारियो
सरकारले शिक्षण सिकाइ क्रियाकलापलाई मध्यनजर गर्दै विद्यालय तहको हिउँदे बिदा अवधि घटाएको छ। सामुदायिक विद्यालयमा वार्षिक ४५ दिनसम्म दिइने हिउँदे बिदालाई ३० दिनमा झारिएको हो।
आइतबार पनि सार्वजनिक बिदा हुँदा शैक्षिक क्रियाकलापमा असर पर्ने र पाठअनुसार पठनपाठन गर्न पर्याप्त समय नहुने भन्दै शिक्षा मन्त्रालयले बिदा घटाएको हो। मन्त्रालयले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै यो नियम लागू गर्न निर्देशन दिएको छ।
स्कटल्यान्डसँग नेपाल २ रनले पराजित
आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ। अमेरिकासहित तीन टाेली सम्मिलित श्रृंखलाकाे पहिलाे खेलमा नेपाल २ रनले पराजित भएको हो।
त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले निर्धारित ५० ओभरमा नेपाललाई २४४ रनको लक्ष्य दिएको थियो। पहिलो इनिङपछि वर्षाका कारण ३९ ओभरमा झारिएको खेलमा २२१ रनको परिमार्जित लक्ष्य तय गरिएको थियो।
नेपालका लागि गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए पनि अन्य ब्याट्सम्यान चलेनन्। लगातार विकेट गुमाइरहेको अवस्थामा गुल्सनले आक्रामक ब्याटिङ गर्दै आशा जगाएका थिए। उनले ३५ बलमा नटआउट ६१ रन जोडे पनि जितका लागि पर्याप्त भएन।