३५ वर्षदेखिको लालपुर्जालाई चुनावी राजनीतिको एटिएम बनाउने गतिविधि अन्त्य हुँदै छ : सांसद खनाल

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष खनालले भूमिहीन आफ्ना मतदातालाई केही समय धैर्य गर्न आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नवलपुरका सबै भूमिहीनलाई केही समय धैर्य गर्न आग्रह गर्दै उनले विगत ३५ वर्षदेखि लालपुर्जालाई केवल चुनावी राजनीतिको एटिएम बनाउने गतिविधि सधैँका लागि अन्त्य हुन लागेको बताए।

उनले यो सरकार सबैको साझा भएकाले सबैको समस्यालाई समाधान गर्न ध्यानाकर्षणसमेत गराए । भू–स्वामित्वजस्तो संवेदनशील मुद्दामा समेत सरकारको सूचना लिई आफनो राजनीतिक फाइदाकोा लागि उठीवासको त्रास फैलाइएको बताए ।

 उनले  विस्थापन होइन, व्यवस्थापन र उठीवास होइन र व्यवस्थित बसोबासको मलम सरकारले लगाउने आश्वासन दिए ।

सुझावित समाचार