अर्घाखाँचीमा बस दुर्घटना : ३० जना घाइतेलाई उपचारका लागि सन्धिखर्क पठाइयो

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

अर्घाखाँचीको पाणिनिमा बस दुर्घटना भएको छ । मंगलबार पाणिनी– ८ कोल्डाँडास्थित भित्री सडकखण्डमा ध.१ख ५०४ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बस सुपादेउरालीबाट पर्वततर्फ जाँदै थियो । दुर्घटना परेको बस सडकबाट १२० मिटर तल खसेको हो । चालकसहित ३० जना घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको उद्धार तथा खोजी भइरहेको प्रहरीको भनाइ छ । 

सुझावित समाचार