नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले सरकारले शक्ति पृथकीकरणको सिद्धान्तलाई तिलाञ्जली दिएर न्यायालयलाई आफ्नो मुठ्ठीमा राखेर न्याय कब्जा गर्न खोजेको आरोप लगाएकी छिन् ।
मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै शर्माले दुईतिहाइको सरकारले उत्पीडित भूमिहीनको उठीवास लगाउने हो कि व्यवस्थापन पनि गर्ने हो ? भनेर प्रश्न गरिन् ।
सरकारले डोजर लगाएर निमुखाको घर भत्किँदा गरिब निमुखाको मन पनि भत्किरहेको भन्दै व्यवस्थापनमा ध्यान दिन सरकारसँग माग गरिन् ।