सांसदलाई रविको निर्देशन– योगदानको मूल्य माग्न ढोका नढकढक्याउनू

आइतबार, २७ बैशाख, २०८३
डिजिटल संस्करण
सांसदलाई रविको निर्देशन– योगदानको मूल्य माग्न ढोका नढकढक्याउनू

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीमा योगदान गरेको भन्दै ढोका नढकढक्याउन आग्रह गरेका छन्।

पार्टीका सांसदहरूकाा लागि आयाेजित दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले मूल्य माग्ने गरी आफूले पनि कुनै ठुलो योगदान नगरेको प्रस्ट पारे।

‘मलाई अहिले पनि साथीहरू कहिलेकाहीँ भन्नुहुन्छ– सभापतिज्यू म त सुरुवातदेखि लागेको, मेरो त योगदान यति छ भनेर योगदानको मूल्य माग्न ढोका ढकढक्याउनुहुन्छ। मलाई दुःख लाग्छ। यो पार्टीमा योगदानको मूल्य माग्ने वेला मेरो पनि भएको छैन,’ उनले भने।

पुराना दलहरूले व्यवस्था परिवर्तनका लागि तीन दशक संघर्ष गरेको उल्लेख गर्दै लामिछानेले रास्वपाको काँधमा अवस्था बदल्ने सजिलो क्रान्तिको जिम्मेवारी आएको बताए।

‘यो क्रान्ति इतिहासकै सबैभन्दा सजिलो क्रान्ति, घरमा खाना खाएर निस्कनुहुन्छ । बालबच्चा परिवार सकुशल छन्। कहीँ लुक्दै भाग्दै हिँड्नुपर्दैन... यति क्रान्तिलाई पनि परिणाम दिन सकिएन भने तपाईं–हामी नालायक भएर निस्कन्छौँ,’ उनले भने।

सुझावित समाचार