कांग्रेस सभापति गगन थापा धनगढीमा

पार्टीको प्रदेशस्तरीय भेलामा सहभागी हुन धनगढी आइपुगे कांग्रेस सभापति थापा

शनिबार, २६ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगन थापा पार्टीको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन धनगढी आइपुगेका छन् । नियमित उडानबाट धनगढी आएका उनले केहीबेरपछि भेलाको उद्घाटन गर्नेछन् । भेलाका लागि उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे, सहमहामन्त्री उदयशम्शेर राणा नेता हिजो नै यहाँ आएका थिए।

थापालाई स्वागत गर्न सुदूपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, कांग्रेस प्रदेश महामन्त्री समेत रहेका सामाजिक विकास मन्त्री मेघराज खड्का, आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट, राज्यमन्त्री प्रकाश बम धनगढी विमानस्थल पुगेका थिए । उनीहरू निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका हुन्। मुख्यमन्त्रीबाहेक मन्त्रीहरुलाई विमानस्थल भित्र प्रवेश गर्न दिइएको थिएन।

विशेष महाधिवेशनपछि कांग्रेसले पहिलो पटक प्रदेशस्तरीय भेला गर्न लागेको हो । दुई दिनसम्म चल्ने भेलामा देउवा पक्षका केही नेताहरू सहभागी हुने र केही नहुने बताइएको छ ।

सुझावित समाचार