नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबिच पार्टीलाई एकताबद्ध बनाउँदै अगाडि बढ्ने सहमति भएको छ।
खड्कानिवास गोल्फुटारमा बुधबार बिहान करिब डेढ घण्टा भएको भेटमा तीन नेताबिच पार्टीभित्रको आन्तरिक विवाद समाधान र गुटबन्दी अन्त्य गर्ने विषयमा गम्भीर छलफल भएको खड्काका स्वकीय सचिव गौतम बिसीले जानकारी दिएका छन्।
विशेष महाधिवेशनपछि सभापति थापाले खड्कालाई भेटेको यो दोस्रोपटक हो। यसअघि पनि वैशाख ६ गते थापाले खड्कालाई उनकै निवासमा भेटेका थिए। उक्त भेटपछि खड्काले आफ्नो समूहका नेताहरूलाई पार्टी एकता र आगामी रणनीतिबारे ब्रिफिङ गरेका थिए।