राष्ट्रिय स्वास्थ्य सुधार अभियानमा जाेडिन सांसद कार्कीकाे आह्वान

बुधबार, २३ बैशाख, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पार्टीको केन्द्रीय स्वास्थ तथा जनसंख्या विभागकी सदस्य डा. ताेसिमा कार्कीले राष्ट्रिय स्वास्थ्य सुधार अभियानमा जाेडिन आह्वान गरेकी छिन् । 

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत डा. कार्कीले स्वास्थ्य प्रणाली सुधार्न र स्वास्थ्य नीतिमा आमूल परिवर्तन ल्याउनका लागि याेगदान गर्न स्वास्थ्य क्षेत्रका विज्ञहरूलाई आह्वान गरेकी हुन् । 

‘हामीलाई यस्ता विज्ञहरू र विभागीय सदस्यहरू चाहिएकाे छ, जसले नेपालकाे स्वास्थ्य अवस्था बदल्ने ल्याकत राख्दछ। त्यसैले म आह्वान गर्दछु, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण डाक्टर, नर्स, स्वास्थ्यकर्मी, जनस्वास्थ्य विज्ञहरू, स्वास्थ्य प्रविधिका इन्जिनियर र व्यवस्थापकहरू, आउनुहाेस् हाम्राे पार्टीको स्वास्थ्य विभागसँग जाेडिनुहाेस् र राष्ट्रिय स्वास्थ्य सुधार अभियानमा सँगै काम गरौँ,’ उनले अपिल गरेकी छिन् ।

सुझावित समाचार