काभ्रेपलाञ्चोकको ऐतिहासिक पलाञ्चोक भगवती मन्दिर (विजेश्वरी)मा मौलिक परम्पराविपरीतका गतिविधि भएको भन्दै पुरातत्त्व विभागले छानबिन थालेको छ। पाँचखाल नगरपालिका– ९ पलाञ्चोकस्थित मन्दिरमा चण्डी पूर्णिमा जात्रामा भएका गतिविधिका विषयमा चासो राख्दै विभागले सोमबार पाँचखाल नगरपालिका र नौ नम्बर वडालाई पत्र लेखेर यससम्बन्धी विवरण माग गरेको हो।
चण्डी पूर्णिमाको अवसरमा आयोजित जात्रामा मन्दिरमाथि चढेर आधुनिक बत्तीहरू जडान गरिएको थियो। त्यस्तै, जात्रामा उच्छृंखल नृत्यसमेत सञ्चालन गरिएको थियो। जुन घटनाको सर्वत्र आलोचना भइरहेको छ। सो विषयमा विभागले विवरण माग्दै अबदेखि मन्दिरमा नवनिर्माणका काम गर्दा पूर्वस्वीकृति लिन निर्देशन दिएको छ।
