सुकुमवासी बस्ती हटाउने अभियानअन्तर्गत सरकारले दोस्रो चरणमा उपत्यकाको बागमती क्षेत्रका आठ सयभन्दा बढी संरचनामा डोजर चलाएको छ । गत शनिबारदेखि सुकुमवासी बस्ती हटाउन सुरु गरेको सरकारले शुक्रबार शंखमूल, बालाजु, बल्खु र टेकुको वंशीघाट क्षेत्रमा डोजर चलाइसकेकाे छ ।
गत शनिबारदेखि सुरु अभियानको पहिलो चरणमा थापाथली, सिनामंगल, गैरीगाउँ र मनोहरा क्षेत्रका बस्ती हटाइएको थियो । आज अनामनगरको धोबी खोलाआसपासका सुकुमवासी बस्तीमा डोजर चलाइएको छ ।




