रुपन्देही जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आगामी २८ देखि २९ वैशाखसम्म हुने भएको छ । प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । व्यवस्थापन तथा निर्देशन समितिको बिहीबार बसेको बैठकले प्रतियोगिता व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी बुटवल उपमहानगरपालिकाले प्राप्त गरेको छ । रूपन्देहीमा रहेका १६ वटा पालिकामध्ये १० वटाले भाग लिने आयोजकले जनाएको छ ।
जसमा बुटवल उपमहानगरपालिका, तिलोतमा, देवदह, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिका तथा गैडहवा, शुद्धोधन, कञ्चन, मायादेवी र सियारी गाउपालिकाले भाग लिनेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को खेलमैदानमा एथलेटिक्स खेल हुनेछ । रुपन्देही जिल्ला खेलकुद विकास समितिको कबड हलमा तेक्वान्दो तथा कराँतेका खेल हुने आयोजकले जनायो ।
नवीन औद्योगिक कदरबहादुर रीता माविको सभाहलमा छात्र–छात्रा कबड्डी हुनेछ । न्यु होराइजन बोर्डिङ स्कुलको खेलमैदानमा छात्र भलिबल र एभरेस्ट बोर्डिङ स्कुलको खेलमैदानमा छात्रा प्रतियोगिता हुनेछ । यस मैदानमा छात्रा भलिबल पनि हुने जनाइएको छ ।