गुठी संस्थान जनकपुरधामको अतिक्रमण गरी घर बनाइएका घरहरू भत्काउने हल्ला चलेपछि गुठी–कुटी भूमिहीन घरजग्गा व्यवस्थापन समिति जनकपुरधामले विरोध प्रदर्शन गरेकाे छ ।आफूहरूले बस्ने जग्गाको लालपुर्जाको माग गर्दै उनीहरूले आज प्लेकार्डसहित जनकपुरधामका विभिन्न चौकमा परिक्रमा गर्दै विरोध प्रदर्शन गरेका थिए ।
गुठी अधीनस्त जग्गामा वर्षौँदेखि घर बनाई बस्दै आएका उनीहरूले आफूहरूको पुनर्स्थापनाविना घर भत्काउन नमिल्ने भन्दै गुठी संस्थान, जनकपुरधाम उपमहानगरपालिका तथा जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गरेका छन् ।
देशभरि सुकुमवासीहरूको घरमा डोजर चलाएर सरकारले आतंक मच्चाएको आरोप लगाउँदै उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को राजीनामासमेत माग गरे ।
०६२ सालमा तत्कालीन कार्यदलका संयोजक भोजराज घिमिरेको प्रतिवेदनअनुसार गुठी संस्थान जनकपुरधामको करिब १० बिघा जग्गा अतिक्रमणमा परेको छ ।