लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आगामी वैशाख १७ गतेदेखि सुरु हुने भएको छ । प्रदेश सभा सचिवालयले जारी गरेको सूचनाअनुसार नेपालको संविधानबमोजिम प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरबाट अधिवेशन आह्वान गरिएको हो ।
सूचनअनुसार अधिवेशन वैशाख १७ गते बिहीबार दिउँसो १ बजे बस्ने तय गरिएको छ । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ बमोजिम प्रदेश सभा सदस्यहरूलाई जानकारी गराउने उद्देश्यले सूचना प्रकाशन गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिएका छन् ।