शेखर गोल्छाको चार दिन म्याद थप

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

उद्योगी शेखर गोल्छाविरुद्ध धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतले प्रहरीलाई चार दिनको म्याद दिएको छ। उनी बिहीबार नक्साल क्षेत्रबाट पक्राउ परेका थिए।

प्रहरीले धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको आरोपमा पक्राउ पुर्जी जारी गरी गोल्छालाई हिरासतमा लिएको हो। उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत हुन्।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानका लागि अदालतले चार दिन थुनामा राख्न अनुमति दिएको छ।

सुझावित समाचार