व्यवसायी शेखर गोल्छा पक्राउ

बिहिबार, १० बैशाख, २०८३
डिजिटल संस्करण

प्रहरीले व्यवसायी शेखर गोल्छा धितोपत्रसम्बन्धी कसुरमा पक्राउ परेका छन्। प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्योरो (सिआइबी)ले गोल्छालाई पक्राउ गरेको सिआइबीका प्रमुख एआइजी मनोज केसीले नयाँ पत्रिकालाई जानकारी दिए।

नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा धितोपत्रसम्बन्धी कसुरमा उनलाई पक्राउ गरिएको सिआइबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सेबोनको जाँचबुझले ब्रोकरसँगको मिलेमतोमा कृत्रिम रूपमा सेयर मूल्य उचाल्न चलखेल गर्ने कार्यमा गोल्छा पनि संलग्न रहेको देखाएको थियो।

हिमालयन रिइन्स्योरेन्सका पूर्वअध्यक्ष गोल्छालाई धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतका विभिन्न दफामा कसुर गरेको आरोप लागेको छ। काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनलाई काठमाडौंको नक्सालबाट नियन्त्रणमा लिएको सिआइबीले जनाएको छ।

सुझावित समाचार