रास्वपाका मन्त्रीले १८ र सांसदले १६ हजार पाँच सय लेबी पार्टीलाई बुझाउनुपर्ने

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्री र सांसदहरूका लागि लेबी शुल्क तोकेको छ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले मन्त्री र सांसदहरूको लेबी तोक्ने प्रस्ताव पारित भएसँगै मन्त्रीले मासिक १८ हजार र सांसदले १६ हजार पाँच सय रुपैयाँ पार्टीलाई  बुझाउनुपर्नेछ।

स्वकीय सचिवहरूले दुई  हजार लेबी बुझाउनुपर्ने प्रस्ताव पारित भएको मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।

सुझावित समाचार