नेपाली कांग्रेस र नेकपा एमालेको भागबन्डामा गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ ।
सुरेन्द्र पाण्डे मुख्यमन्त्री रहेको सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीमा गोविन्दबहादुर नेपाली, ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा नन्दप्रसाद न्यौपाने, उद्योग तथा पर्यटनमन्त्रीमा यशोदा रिमाल, स्वास्थ्यमन्त्रीमा लक्ष्मणबहादुर पाण्डे, वन तथा वातावरणमन्त्रीमा नम्डु गुरुङ, आर्थिक मामिलामन्त्रीमा जितबहादुर शेरचन र कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्रीमा भीमबहादुर कार्की नियुक्त भएका छन् ।
नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।